Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

गाडीको ठक्करबाट धुलिखेलमा एक पैदलयात्रीको मृत्यु

गाडीको ठक्करबाट धुलिखेलमा एक पैदलयात्रीको मृत्यु

दैनिकी न्यूज

१६, मंसिर २०८०
गाडीको ठक्करबाट धुलिखेलमा एक पैदलयात्रीको मृत्यु
images

काभ्रे । काभ्रेको धुलिखेलमा आज बिहान गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बीपी राजमार्गमा पर्ने धुलिखेल नगरपालिका वडा नं. ११ पात्लेखेतमा भकुन्डेबेँसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र१–०१–००१ च ८५९२ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका धिताललाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो।

अस्पताल पुर्याउनासाथ धिताललाई चिकित्सकले मृत घोषणा गरेका काभ्रे प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

images
प्रकाशित मिति :मंसिर १६, २०८० शनिवार - ०८:२१:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology