ललितपुर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरबाट ४ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै ललितपुरबाट ४ वटा र बाँकेबाट १ वटा मोटरसाइकल बरामद भएको छ ।
ललितपुर, ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ घर भई काठमाडौं बौद्ध बस्ने बिजय श्रेष्ठ, मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ बस्ने अमित लामा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका–२ घर भई ललितपुर महानगरपालिका–९ बालकुमारी खरिबोट बस्ने पञ्चलाल ब्लोन र मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ फापरबारी घर भई ललितपुर लुभु बस्ने पासाङ लामा रहेका छन् ।
चोरीको अनुसन्धान गर्ने क्रममा मंसिर १३ गते राति ललितपुर महानगरपालिका–१५ खुमलटार हाईटस्थित गल्लीभित्र बा प्र०२–०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाई राखेको अवस्थामा फेला पारी चारै जनालाई प्रहरीले पक्राउ गरेको यो । थप सोधपुछको क्रममा उनीहरूको मिलोमतोमा बा प्र०२–०३७प०८६२ नम्बरको मोटरसाइकल ललितपुर बोधीग्रामबाट र बा प्र ०३१ प ५८१४ नम्बरको मोटरसाइकल ईमाडोल रातामकै चोकबाट चोरी गरी उक्त स्थानमा लुकाई राखेको र बा प्र ०२–०४५ प ९५९२ नम्बरको मोटरसाइकल हात्तिवनबाट तथा बा ८२ प ७१२४ नम्बरको मोटरसाइकल हरिसिद्धीबाट चोरी गरी ललितपुर महानगरपालिका–२३ गैरीगाउँ टोलस्थित खाली स्थानमा लुकाई राखेको अवस्थामा फेला पारी ४ वटै मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर चाबी, चाबी बिना डाईरेक्ट स्टार्ट गर्ने तारसहितको प्लक र साबुत चाबी १ थान र भाँचिएको चाबी १ थान र हेल्मेट १ थान बरामद भएको छ । उनीहरू उपर ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।