Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

ललितपुरको सिद्धिपुरमा मोटरसाइकल दुर्घटनामा परी २ को मृत्यू

ललितपुरको सिद्धिपुरमा मोटरसाइकल दुर्घटनामा परी २ को मृत्यू

दैनिकी न्यूज

१४, मंसिर २०८०
ललितपुरको सिद्धिपुरमा मोटरसाइकल दुर्घटनामा परी २ को मृत्यू
images

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ६ सानागाउँमा हाल नम्बर नखुलेको बोलेरो गाडीले बा २९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही नगरपालिका वडा नंं ८ लुभु घर भएका

४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न शंकास्पद बलेरो गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - १४:२३:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology