Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

ललितपुरको इमाडोल र नख्खुडोलमा धनमाल जलेर नष्ट

ललितपुरको इमाडोल र नख्खुडोलमा धनमाल जलेर नष्ट

दैनिकी न्यूज

१०, मंसिर २०८०
ललितपुरको इमाडोल र नख्खुडोलमा धनमाल जलेर नष्ट
images

ललितपुर । ललितपुरको इमाडोल र नख्खुडोलमा धनमाल जलेर नष्ट भएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. २ इमाडोलस्थित अनिल आचार्य र रमेश भुषालको एआर टिम्वा सिरक कारखानामा करेन्ट सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा कपास फिट्ने मेसिन २ थान लगायत विभिन्न कपडाहरू जलेर ७ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १४ नख्खुडोलस्थित काभ्रे बथानचोक गाउँपालिका(४ घर भएकी ३६ वर्षीया निर्मला तामाङको तरकारी पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब २ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - १२:३२:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology