Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

टिकटक प्रतिबन्ध विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार

टिकटक प्रतिबन्ध विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार

दैनिकी न्यूज

५, मंसिर २०८०
टिकटक प्रतिबन्ध विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार
images

काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार सुनुवाइ गर्दै विपक्षीको माग बमोजिम अन्तरिम आदेश दिन अस्विकार गरेको हो।

इजलासले कारण देखाउ आदेश जारी गर्दै प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ। मंसिर १५ गतेभित्र लिखित जवाफ पेश गर्ने आदेश दिएको हो।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन्।

images
प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - १७:४६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology