Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

दुर्गा प्रसाईँको कार्यक्रम बल्खुमा गर्न प्रशासनको अनुमति

दुर्गा प्रसाईँको कार्यक्रम बल्खुमा गर्न प्रशासनको अनुमति

दैनिकी न्यूज

५, मंसिर २०८०
दुर्गा प्रसाईँको कार्यक्रम बल्खुमा गर्न प्रशासनको अनुमति
images

काठमाडौं । गणतन्त्रविरोधी अभियानता व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले बिहीबार गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ । प्रसाईँ नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले तीनकुनेमा कार्यक्रम स्थल तय गरेको छ ।

उनीहरुको प्रदर्शनलाई लक्षित गरी प्रशासनले माइतीघरदेखि नयाँबानेश्वर क्षेत्रमा एक महिनासम्म प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिदिएको छ ।

प्रसाईँ र युवा संघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर–नयाँ बानेश्वरभर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

images
प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - १३:१२:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology