Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

सरुवा भएका ठाउँमा नजाने प्रहरीलाई कारबाही

सरुवा भएका ठाउँमा नजाने प्रहरीलाई कारबाही

दैनिकी न्यूज

५, मंसिर २०८०
सरुवा भएका ठाउँमा नजाने प्रहरीलाई कारबाही
images

काठमाडौँ । नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका दर्ताका कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा नगए कारबाही हुने जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन दिएको हो ।

रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको छ ।

हेर्नुहोस पत्र

ramana.jpg

images
प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - ०७:४२:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology