Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

एक अर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको छ - मन्त्री किराँती

एक अर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको छ - मन्त्री किराँती

दैनिकी न्यूज

४, मंसिर २०८०
एक अर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको छ - मन्त्री किराँती
images

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती एक अर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको धारणा राखेका छन् ।

नेपाल सम्वाद पहल र युनेस्को समेत ३४ वटा संघसंस्थाहरूद्वारा आज ललितपुरमा आयोजित नेपाल सम्वाद महासम्मेल २०२३ को उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री किराँतीले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा, अरुमाथि प्रभुत्व कायम गर्न खोज्दा, स्रोतको कब्जा गरेर न्यायोचित वितरण नगर्दा र पर्यावरणको विनाशबाट द्वन्द सृजना हुन्छ भन्ने धारणा राखेका थिए ।

'प्रकृति समाज दुवैमा द्वन्द्व हुन्छ,आजको विकास प्रकृति संस्कृति मैत्री हुनुपर्छ, प्रकृति र संस्कृतिको विनाश गरेर विकास हुन सक्दैन । विनाश र विकृतिले द्वन्द सृजना गर्छ, प्रकृतिमाथिको दोहन र चरम लापरबाहीले पनि द्वन्द सृजना गर्छ, तसर्थ द्वन्दको अवस्था आउन नदिन संवादद्वारा शान्ति निर्माण गर्ने अभियानमा हामी अगाडि जान सक्छौं ।' मन्त्री किराँतीले भने ।

पुर्वदेखि पश्चिमसम्म हाम्रा बहुधार्मिक तिर्थस्थल छन् भन्दै उनले हाम्रो वैद्धिक परम्परा र भौगोलिक बनावट पनि द्वन्द सृजना गर्ने प्रकृतिको छैन भन्ने बताए । नेपालको पूर्वीभागमा किराँतहरुको पर्व र रहनसहनको चर्चा गर्दै उनले अहिले नेपालमा कुनै एक जातिले शासन गर्ने अवस्था नरहेको र प्रकृतिलाई प्रेम गर्ने हाम्रो संस्कृति रहेको छ भन्ने प्रष्टाए ।

समाज विज्ञानको सापेक्षतामा विकास गर्न नसक्नु नै हामीले दुस्ख पाउनु हो भन्दै मन्त्री किराँतीले संवादको माध्यमबाट शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग,समन्वय र सहकार्य भएको स्मरण गर्दै यो सहयोग निरन्तर आवश्यक रहेको उल्लेख गरे ।

२०६२–२०६३को परिवर्तनको प्रङ्गग निकाल्दै मन्त्री किराँतीले संवादको माध्यमबाट १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रियामा आएको र जनतासँग संवाद गर्दै संविधानसभाको माध्यमबाट संविधान निर्माण भएको स्मरण गरे ।

उनले अहिले नेपालमा सामाजिक सञ्जालबाट हिंसा भड्काउने माध्यम बन्न थालेको भन्दै सामाजिक सद्भाव बिग्रिन लागेकोले केही समयकालागि टिकटक बन्द गरेको बताए ।

मन्त्री किराँतीले भने, ‘टिकटक बन्द हुँदा केहीका सृजनात्मक कुरा मर्यो भन्ने कुरा छ, त्यो स्वीकार्छु, त्यसका लागि क्षमा चाहन्छु, तर त्योभन्दा एक हातमा माल र अर्को हातमा भाला लिएर सामाजिक सञ्जालमा अराजकता र गलत सन्देश फैल्याउने काम भएको छ, यसबाट सामाजिक सद्भाव बिग्रिन लागेकोले टिकटक बन्द गरेको हो।'

महासम्मेलको उद्घाटन समारोहमा फिलिपिन्सकी प्राध्यापक मिरियम कोरोनेल फेररेर र युनेस्कोका देशीय प्रतिनिधि माइकल क्रोफ्टलगायतले मन्तव्य राखेका थिए ।

नेपाल सम्वाद पहलका संयोजक राम तिवारीले सन् २०१८ देखि क्रियाशील भइ हरेक वर्ष हुँदै आएको नेपाल सम्वाद महासम्मेल असमझदारीहरुलाई सम्वादका माध्यमबाट सहजीकरण गरेर दिगो शान्ति काम गर्ने तिर केन्द्रीय भएको बताए । आजबाट सुरु भएको नेपाल सम्बाद महासम्मेलन ३ दिनसम्म चल्नेछ ।

images
प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - २०:२४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology