ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २४ धापाखेल नख्खुडोल टोल डेरा गरी बस्ने जयराम घिमिरेको कोठाबाट घरमा कोही नभएको अवस्थामा सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ८३ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले हाल चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनसुन्धान गरिरहेको छ ।