Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

दैनिकी न्यूज

४, मंसिर २०८०
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने
images

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आजबाट सुनुवाइ हुँदै छ ।

सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका थिए ।

आइतबार छठ पर्वको बिदा परेकाले सबै रिटमा सोमबारका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् ।

सबै रिटमाथि एकसाथ सुनुवाइ हुनेछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, स्वागत नेपाल, जगन्नाथ दुलाल, कानुनका विद्यार्थी पर्शुराम पाण्डेसहित १० जनाले रिट दायर गरेका छन् ।

images
प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - ०८:४२:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology