Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

सिङ्गौल टासिधार्गेलिङ्ग गुम्बा मेलाको तयारी लगभग सम्पन्न

सिङ्गौल टासिधार्गेलिङ्ग गुम्बा मेलाको तयारी लगभग सम्पन्न

दैनिकी न्यूज

३, मंसिर २०८०
सिङ्गौल टासिधार्गेलिङ्ग गुम्बा मेलाको तयारी लगभग सम्पन्न
images

बसन्त लामा/बारा । बारा जिल्लाको निजगढ–३ स्थित टासिधार्गेलीङ बौद्ध गुम्बामा हुनलागेका मेलाको तयारी लगभग सम्पन्न भएकोछ ।

गुम्बामेला आगामी बिहीवार (कार्तिक ७ गते) बेलुका निजगढ नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यमा उदघाटन हुने भएकोहो ।

मेलामा सागितिक कार्यक्रमको लागि कलाकारको समेत बन्दोबस्त भैइसकेको मेला व्यवस्थापन समितीको अध्यक्ष सुकराम जिम्बा (ज्ञानु) को अनुसार उक्त मेला स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरुले बेजोड प्रस्तुति दिने छन ।

मेलामा साँगीतिक प्रस्तुतिका लागि अस्मिता तामाङ, प्रतिक ब्लोन, संजिप घिसिङ, रचना रिमाल, तृष्णा गुरुङ, तामाङ सेलो जगतका बहुचर्चित गायक उर्गेन दोङ लगायतका साथमा एलिसा डाँन्स ग्रुपको समेत बेजोड प्रस्तुति रहने मेला व्यवस्थापन समिती जिम्बाले बताए ।

मेलामा ड्राइगण रेल रोटि पिङ अन्य मनोरंजन खेलको सामाग्रीहरु ल्याउने क्रम जारीरहेको मेला व्यवस्थापन समितिको सचिव युवराज वल तामाङले बताए ।

स्थानीय लगायत बाहिरबाट मेलामा आइ पसल होटल गर्न आउने व्यक्तिहरूलाई ५ गते बिहानबाट स्टल वितरण हुने भएकोछ । ५ दिने मेला भएका कारण शान्ति सुरक्षाको व्यवस्था कडाइको साथ गर्नु पर्ने भएको हुँदा सम्बन्धित सुरक्षा निकायलाई आधिकारिक पत्रचार भैइसकेको व्यवस्थापन समितिले बताए ।

ब्रह्माण्ड समुदायको सोह्रश्रद्धा लागेपछि पितृको सम्झनामा कार्य गरिन्छ भने तामाङ समुदायको कार्तिक पुर्णिमा र चैत्र पुर्णिमाको दिन मृत्यु भैसकेको आफन्तको नाममा गुम्बा चैत्यलगायतका धार्मिक शक्तिपिठहरुमा पूजापाठ र वत्तीबाल्ने कार्य गर्ने चलन रहेको छ ।

यसै कार्यलाई निरन्तरताको स्वरुप पितृको सम्झनामा दिपप्रज्वलन गर्ने गर्छ्न टासीधार्गेलिङको भने यो ३३औ संस्करणमा गुम्बा मेला हुन लागेको हो ।

गुम्बामा दिपप्रज्वलन गर्न र मेला भर्न छिमेकी जिल्ला मकवानपुर, सिन्धुली, रौतहटलगायत विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन ।

images
प्रकाशित मिति :मंसिर ३, २०८० आइतवार - १९:१७:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology