ललितपुर । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा बा ८८ प ८०६२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री काठमाडौं डल्लु घर भएकी ५५ वर्षीया अग्नि जोशीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।