कैलाल । कैलालीको धनगढी बजारमा भीषण आगलागी भएको छ । धनगढीको मुख्य बजार रहेको सारथि अस्पताल क्षेत्रमा गएराति आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायत ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा कुनै मानवीय क्षति भएको छैन ।