Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जुवातास खेल्ने १६५ जना पक्राउ, ३५ लाख बरामद

जुवातास खेल्ने १६५ जना पक्राउ, ३५ लाख बरामद

दैनिकी न्यूज

३०, कार्तिक २०८०
जुवातास खेल्ने १६५ जना पक्राउ, ३५ लाख बरामद
images

काठमाडौँ । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा १६५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरूका साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ ।

कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, बीस हजारको एक थान चेकसमेत बरामद गरेको छ ।

सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो । उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट आठ करोड ७७ लाख ४५ हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मुत्यु भएको छ । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो ।

सोही अवधिमा भएका सडक दुर्घटनामा सात जनाको मृत्यु र तीन सय ३० जना घाइते भएका थिए । करिब एक करोड बराबरको धनमाल चोरी भएको र शङ्कास्पद सात जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । यसैबीच, केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्यानबाट १३ जनालाई पक्राउ गरिएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक ३०, २०८० बिहिवार - १९:३७:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology