Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

दैनिकी न्यूज

२९, कार्तिक २०८०
गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु
images

ललितपुर । ललितपुरको गोदावरीमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार गोदावरी नगरपालिका वडा नं. १० तखेलचोकमा मंगलबार साँझ ६ः४५ बजे बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुबै युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिन्धुली मरिणका २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी रहेका प्रहरीले जनाएको छ।

तीव्र गतिमा रहेको मोटरसाइकल सडक छेउमा रहेको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका निम्ति पाटन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक २९, २०८० बुधवार - ०७:३२:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology