Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगलागी

लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगलागी

दैनिकी न्यूज

२७, कार्तिक २०८०
लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगलागी
images

काठमाडौं । लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका वडा नं. ८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा रु २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए ।

आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २७, २०८० सोमवार - १२:०४:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology