काभ्रे । जुवातास खेलेको आरोपमा प्रहरीले काभ्रे जिल्लाको धुलिखेलबाट १३ जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ धुलिखेल नगरपालिका वडा नं. ४ स्थित युनिक भोजनालयको कोठा नम्बर १०१ मा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
होटलमा केही मानिस जम्माभई जुवातास खेलिरहेको भन्ने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट ४ लाख ४२ हजार ३५० रुपैयाँ बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।