Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

रतनपुर दोस्रो वडा अध्यक्ष गोल्डकपको उपाधी योङ्ग स्टारलाई

रतनपुर दोस्रो वडा अध्यक्ष गोल्डकपको उपाधी योङ्ग स्टारलाई

दैनिकी न्यूज

२५, कार्तिक २०८०
रतनपुर दोस्रो वडा अध्यक्ष गोल्डकपको उपाधी योङ्ग स्टारलाई
images

बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर-११ मा आयोजित दोश्रो वडा अध्यक्ष गोल्डकापको उपाधी योङ्ग स्टारले जितेको छ । निजगढ-१० लालले विरगंज युनाईटेड नारायनी क्षेत्रीय टोलीलाई ४-२ ले हराउँदै योङ्ग स्टारले उपाधी जितेको हो । दोश्रो वडा अध्यक्ष गोल्डकप्को अन्तिम खेलमा शनिबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा दुवै टिमबीच कडा प्रतिस्पर्धा भएको थियो । गोल्डकपको अन्तिम दिन दुवै टोलीले राम्रै प्रदर्शन गरेका थिए । तर विरगंज युनाइटेड अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाए । दुवै टोलीबीचको खेलमा योङ्ग स्टारलाई जित दिलाउन विजय दोङ्गले सर्वाधिक २ गोल गरेको थियो त्यस्तै समीर तामाङ्गको एक गोल र एक गोल आत्मघाती गोल भएका थिए । यो गोल संगै योङ्ग स्टारको ४ गोलको अग्रता भएका थिए ।

त्यस्तैगरी ४ गोल खाएको विरगंज युनाइटेडले भने एक गोल आत्मघाती र डिबक्स भित्र गोलरक्षकले गरेको गल्तीमार्फत पाएको पेनाल्टीमा हिमेश माझीले गोल गर्दै टोलिलाई दुई गोल फर्काएका थिए । विजेताले नगद एक लाख सहित ट्रफी प्राप्त गरे भने उपविजेताले पचास हजार नगदसहित ट्रफी प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको विजेता एवं उपविजेता टिमका साथै खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी निजगढ नगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष सहईया गुरो थारुले पुरस्कार प्रदान गरेका थिए । क्लबले खेल अवधिभर साथ सहयोगीहरु तथा विभिन्न विधामा सहयोग गर्नेहरुलाई सम्मान सहित प्रमाणपत्रले सम्मन गरेको छ ।
कार्यक्रममा निजगढ १२ का वडा अध्यक्ष, ज्ञानबहादुर गोले, निजगढ-१३ का वडा अध्यक्ष सर्य घलानलगायतले खेलाडीलाई खेलकुदको नारेमा महत्त्वपुर्ण सुझाव र शुभकामना राखेका थिए । क्लबका अध्यक्ष सन्तोषकुमार दनुवारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भने क्लबका सचीव उमेश गुरोले सञ्चालन गरेका थिए । सो गोल्डकपमा सहभागी टीमहरु हेटौंडा फुटबल एकेडेमी मकवानपुर, जनअभियान बारागढी बारा, विरगंन्ज युथ एकेडेमी पर्सा, योङ्ग स्टार निजगढ-१० लाल, विरगन्ज युनाइटेड पर्सा, एभरेष्ट एकेडेमी सर्लाही, चन्द्रपुर गैडाटार रौतहट र आयोजना दुई टिमगरि ९ फुटबल टोलिको सहगीता रहेको थियो ।

images
प्रकाशित मिति :कार्तिक २५, २०८० शनिवार - २१:४३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology