Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

रौतहटको मौलापुरकी मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

रौतहटको मौलापुरकी मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

दैनिकी न्यूज

२४, कार्तिक २०८०
रौतहटको मौलापुरकी मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।

आज (शुक्रवार) न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले साहको पद गएको भन्ने निर्णयको बदर गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै मेयर साहको पद तत्काललाई जोगिएको छ ।

यसअघि नेकपा (एमाले) को सिफारिसमा आयोगले मेयर साहको पद निलम्बन गरेको थियो । साह २०७९ वैशाख ३० गते भएको पालिका चुनावमा एमालेबाट मेयरमा निर्वाचित हुनुभएको थियो । तर उहाँले एमाले छाडेपछि पार्टीले कारबाही गरेको थियो ।

images
प्रकाशित मिति :कार्तिक २४, २०८० शुक्रवार - २१:३६:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology