Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

कोशी प्रदेश सरकारसँग लियो योजना आयोगले सुझाव, संघीयताको मर्म बुझ्न आग्रह

कोशी प्रदेश सरकारसँग लियो योजना आयोगले सुझाव, संघीयताको मर्म बुझ्न आग्रह

दैनिकी न्यूज

२३, कार्तिक २०८०
कोशी प्रदेश सरकारसँग लियो योजना आयोगले सुझाव, संघीयताको मर्म बुझ्न आग्रह
images

काठमाडौं । राष्ट्रिय योजना आयोगले कोशी प्रदेश सरकारसँग १६ औँ योजनाका लागि सुझाव लिएको छ । बिहीबार कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरू र प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूलगायत सहभागी भए ।

राष्ट्रिय योजना आयोगको टोली आउने भएपछि कोशी प्रदेश सरकारले बुधबारमात्रै प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्ज्न आचार्यलाई नियुक्त गरेको थियो । बिहीबारको छलफलमा मुख्यमन्त्री, मन्त्रीहरूसँगै उपाध्यक्ष आचार्य पनि सहभागी भए ।
आयोगलाई मुख्यमन्त्री कार्कीले संघीयताको मर्म बुझेर योजना बनाउनु पर्ने बताएका छन् । उनले मुलुकको समृद्धिका लागि दीर्घकालिन असर पर्ने गरी योजना बनाउन समेत सुझाएका छन् ।
प्रदेश तथा स्थानीय तहसँग सुझाव लिन आयोगले छुट्टाछुट्टै टोली परिचालन गरेको छ । कोशी प्रदेश सरकार र कोशी प्रदेशमा रहेका स्थानीय तहहरूबाट सुझाव लिन आयोगले सदस्य डा. आरपी विच्छा नेतृत्वको टोली विराटनगर पठाएको छ ।
आयोग सदस्य डा. विच्छाले संघीयताको मर्म अनुसार योजना बनाउनकै लागि आफूहरु तलसम्म आएको बताए । माथिबाटै योजना बनाएर कार्यान्वयनका लागि तल पठाउने नभइ स्थानीय तह र प्रदेशका सुझावहरु समेटेर मात्रै योजना बनाउने उनले बताए ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - २१:५०:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology