Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

ज्यान मार्ने उद्योगमा वडाध्यक्ष जेल चलान

ज्यान मार्ने उद्योगमा वडाध्यक्ष जेल चलान

दैनिकी न्यूज

२३, कार्तिक २०८०
ज्यान मार्ने उद्योगमा वडाध्यक्ष जेल चलान
images

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

उनका अनुसार केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा जिल्ला प्रहरी कार्यालयमा उनीविरूद्ध कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर भएको थियो।

मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएका हुन्। अधिकारीका अनुसार मुद्दाको अन्तिम फैसला नहुँदासम्म महतोलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो।

स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष हुन्।

अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए।

उनका अनुसार यस मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। उनीहरूको खोजी भइरहेको डिएसपी पञ्जियारले जानकारी दिए। रासस

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - १२:२६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology