Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

दोलखाको ११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक जना पक्राउ

दोलखाको ११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक जना पक्राउ

दैनिकी न्यूज

२३, कार्तिक २०८०
दोलखाको ११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक जना पक्राउ
images

काठमाडौं । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना महिलालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार काठमाडौंबाट महिमा माझीलाई पक्राउ गरेको हो।

सोमबार पक्राउ परेकी महिलालाई मंगलबार थप अनुसन्धानका लागि दोलखा पठाइएको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

गत असोजमा बिगु गाउँपालिका वडा नं. १ बाट प्रहरीले ११ किलो सुन बरामद गरेको थियो। फलेक नाकाबाट भित्रिएको सुन आलुको बोरामा राखेर काठमाडौं ल्याइने गर्थ्यो। असोज १० गते दोलखामा सुनबारे हल्ला भएपछि प्रहरीले यसमा संलग्‍नहरूलाई पक्राउ गरेको हो।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - ०९:१५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology