Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

दैनिकी न्यूज

२३, कार्तिक २०८०
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
images

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - ०७:२२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology