Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

ललितपुरको गोदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख दिने

ललितपुरको गोदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख दिने

दैनिकी न्यूज

१९, कार्तिक २०८०
ललितपुरको गोदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख दिने
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्रवक्ता मिलन सिल्वाल मिल्वालले दिएको जानकारी नगरपालिकाले भूकम्प पीडितहरुलाई सहयोगका लागि खडा भएको जाजरकोट जिल्ला दैवीप्रकोप राहात कोषमा सो बराबरको रकम चेक मार्फत उपलब्ध गराइने छ ।

'यो एउटा दुःखद् अवस्था हो, यसको सबै मिलेर सामना गर्न आवश्यक छ। हामीले पनि राहत पुगोस् भनेर विपद व्यवस्थापन कोषबाट २५ रुपैयाँ लाख उपलब्ध गराउने भनेर नगरप्रमुखज्यूले घोषणा गर्नुभएको छ । आगामी कार्यपालिका वैठकबाट निर्णय गरेर आवश्यक प्रक्रिया पूरा गरि हस्तान्तरण गर्छौं ।' प्रवक्ता सिल्वालले भने ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा १५७ जनाले ज्यान गुमाइसकेका छन् । करोडौंको भौतिक क्षति तथा सयौं संख्यामा घाइते भएका छन् ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - २०:१४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology