Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

दैनिकी न्यूज

१९, कार्तिक २०८०
भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय
images

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भूकम्पमा परी घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टरलगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।

यसैगरी घाइतेहरुको उद्धारकार्य लगभग सकिएकाले अब पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिनेछ। जसअनुसार भूकम्पपीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने निर्णय सरकारले गरेको छ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - १०:२१:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology