Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

डोटीमा बोलेरो दुर्घटनाः ४ जनाको मृत्यु, ५ घाइते

डोटीमा बोलेरो दुर्घटनाः ४ जनाको मृत्यु, ५ घाइते

दैनिकी न्यूज

१९, कार्तिक २०८०
डोटीमा बोलेरो दुर्घटनाः ४ जनाको मृत्यु, ५ घाइते
images

काठमाडौं । गएराति डोटीमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्।

राति साढे दुई बजे डोटीको शिखर नगरपालिका वडानं. ६ अन्यौलस्थित केआई सिंह राजमार्गमा ग २ च २७७६ नम्बरको बोलेरो सडकबाट झण्डै ६० मिटर तल सेती नदीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, उनका छोरा अन्दाजी ६ वर्षीय कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रारर्थनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका ५ कै ३० वर्षीय प्रकाश बुढा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल, २१ वर्षीय राजबहादुर मलाल घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये बिमला मलालको अवस्था गम्भीर छ। घाइते सबैको शैलेश्वरी अस्पताल दिपायलमामा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरीले बोलेरो चालक बाजुराको गौमुल गाउँपालिका वडा नं. ४ का २१ वर्षीय महेश बुढालाई पक्राउ गरेको छ।

बोलेरोमा १० जना सबार थिए। धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बोलेरो दुर्घटनामा परेको हो।

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - ०९:३०:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology