Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

भूकम्पमा परी १५७ जनाको मृत्यू

भूकम्पमा परी १५७ जनाको मृत्यू

दैनिकी न्यूज

१८, कार्तिक २०८०
भूकम्पमा परी १५७ जनाको मृत्यू
images

काठमाडौं । गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी मृत्यू हुनेको सङ्ख्या १५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जना गरी १५७ जनाको मृत्यू भएको हो।

भूकम्पका कारण १७० जना घाइते भएका छन् । जाजरकोटमा ८१, रुकुम पश्चिममा ७८, दैलेख, जुम्ला र प्यूठानमा तीन–तीन जना तथा बैतडीमा दुई जना घाइते भएका हुन् ।

घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाडौं ल्याइएको छ ।

अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् ।

नेपाल प्रहरीले आफ्ना ८६० जना जनशक्ति खटिएको जनाएको छ । गएरातिको ६.४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १९:३०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology