Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

जाजरकोट भूकम्पबाट १३८ को मृत्यु, १६६ घाइते

जाजरकोट भूकम्पबाट १३८ को मृत्यु, १६६ घाइते

दैनिकी न्यूज

१८, कार्तिक २०८०
जाजरकोट भूकम्पबाट १३८ को मृत्यु, १६६ घाइते
images

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार भूकम्पका कारण संरचना भत्कँदा जाजरकोटमा १०० र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १५:०३:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology