Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

दैनिकी न्यूज

१८, कार्तिक २०८०
प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक
images

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्चण्डले आइतबार बिहानका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण भएको क्षति तथा राहत तथा उद्धारबारे छलफल गर्न प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री दाहाल शनिबार बिहानै हेलिकोप्टरबाट जाजरकोट पुगेका थिए। उनी आफू चढेको हेलिकोप्टर उद्धारका लागि छाडेर नियमित जहाजबाट नेपालगञ्ज हुँदै काठमाडौँ फर्किने भएका छन्।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म १३३ जनाको मृत्यू भएको छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी १८५ जना घाइते भएका छन् ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १४:५०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology