Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

प्रधानमन्त्री चढेको हेलिकप्टर घाइतेको उद्धारमा

प्रधानमन्त्री चढेको हेलिकप्टर घाइतेको उद्धारमा

दैनिकी न्यूज

१८, कार्तिक २०८०
प्रधानमन्त्री चढेको हेलिकप्टर घाइतेको उद्धारमा
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर भूकम्प प्रभावित क्षेत्रमा गएको नेपाली सेनाको हेलिकप्टर घाइतेको उद्धारमा प्रयोग भएको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको एमआई–८ हेलिकप्टरमा चढेर बिहान जाजरकोट र रुकुम गएका थिए । तर उनी अब सुर्खेतबाट दिउँसो साढे २ बजे काठमाडौं फर्कने र उनी चढेको हेलिकप्टर घाइतेको उद्धारमा प्रयोग हुने सचिवालयले जनाएको छ ।

प्रचण्डले जाजरकोटको नलगाडबाट सुर्खेत फर्कने क्रममा ७ जना घाइते र कुरुवालाई आफू चढेकै हेलिकप्टरमा उद्धार गरेका थिए । उनले विभिन्न क्षेत्र र अस्पतालमा पुगेर भूकम्प पीडितसँग कुराकानी गरे भने सरकारी निकाय र सेना प्रहरीलाई उद्धार र राहतमा कुनै कमी हुन नदिन निर्देशन दिए ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १४:४१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology