Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बुद्ध एयरले भूकम्पपीडितलाई एक करोड दिने

बुद्ध एयरले भूकम्पपीडितलाई एक करोड दिने

दैनिकी न्यूज

१८, कार्तिक २०८०
बुद्ध एयरले भूकम्पपीडितलाई एक करोड दिने
images

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि बुद्ध एयरले एक करोड दिने भएको छ। शनिबार बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा गरी कम्ती एक सय २८ जनाले ज्यान गुमाएका छन्।

शनिबार बिहान अत्यवश्यक सामाग्री तथा स्वास्थ्यकर्मीहरुको टोली लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा गएका छन्। उनले त्यहीबाट सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलाई सहयोग गर्न अपिलसमेत गरेका छन्।

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १४:३६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology