सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ रानीगञ्जमा भएको दुर्घटनामा दुई जनाको मृत्यू भएको छ ।
गएराति कालीञ्जोर पुल नजिक बिग्रिएर रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकमा प्रदेश २–०३–००४ प ३५५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक हरिवन नगरपालिका वडा नं. ११ का २८ वर्षीय मुकेश गुप्ता र मोटरसाइकलको पछाडि बस्ने हरिवन– वडा नं. १ कै सुनिलकुमार गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।