ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १० मुलपानी बस्ने खोटाङ दिक्देल मजुवागडी नगरपालिका वडा नं. १० घर भएका ४४ वर्षीय बम बहादुर बानियाँको टहराबाट सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ४ लाख ५१ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
गत असोज २९ गते खोटाङ गएर कात्तिक १५ गते फर्किदा चोरी भएको थाहा हुन आएको बताइएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।