Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा काभ्रेमा २ जनाको मृत्यू

पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा काभ्रेमा २ जनाको मृत्यू

दैनिकी न्यूज

१४, कार्तिक २०८०
पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा काभ्रेमा २ जनाको मृत्यू
images

काठमाण्डौ । काभ्रे जिल्लामा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । आज (मङ्गलवार) कैरेभन्ज्याङ स्थितमा कुशादेवीबाट नयाँ गाँउ तर्फ गरेको बा ४ ख ६७२३ नम्बरको ट्रक सिला भञ्ज्याङमा दुर्घटना भएको हो । मिनी ट्रक ब्रेक फेल भई सडक बाट ६०० मिटर तल खसेको थियो ।

दुर्घटनामा मिनी ट्रकमा सवार चालक पनौती नगरपालिका वडा नं. २ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका वडा नं. २ बस्ने ५० वर्षीय शिवविक्रम केसीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवम् डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा बेथानचोक वडा नं. २ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते भएकी छिन् । उनको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

396904013_10230001045626013_3590262109029666941_n.jpg

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १६:४४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology