काठमाडौं । नागरिक एपबाटै देखाएको सवारी चालक अनुमति पत्रलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएको छ।
सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो।
मन्त्रिपरिषद्को निर्णय अनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ।
नागरिक एपले ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदाको हकमा मात्र नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्यता हुने बताएको छ।
नागरिक एपले नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध समेत गरेको छ।