Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा भक्तपुर र कञ्चनपुरबाट २३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा भक्तपुर र कञ्चनपुरबाट २३ जना पक्राउ

दैनिकी न्यूज

१३, कार्तिक २०८०
जुवातास खेलिरहेको अवस्थामा भक्तपुर र कञ्चनपुरबाट २३ जना पक्राउ
images

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा भक्तपुर र कञ्चनपुरबाट २३ जना पक्राउ गरेको छ ।

भक्तपुर, मध्यपुरठिमी नगरपालिका-३ कौशलटारस्थित ईन्द्र बहादुर श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली गोलन्जोर गाउँपालिका घर भई हाल भक्तपुर कौशलटार बस्ने ५६ वर्षीय कुमार बराल समेत १५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४ हजार ६ सय ५० रुपैयाँ र १४ बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय पारस भट्ट समेत ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार १ सय १० रुपैयाँ र तास १ गड्डीसहित पक्राउ गरेको हो । साथै उक्त स्थानबाट मोटरसाइकल ६ थान र स्कुटर १ थान समेत प्रहरीले बरामद गरेको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १८:१९:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology