ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिका-४ बस्ने ४० वर्षीय दल बहादुर पहरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनीसँगै माछा मार्न गएका २ जनालाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।