Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बारामा मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्यू

बारामा मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्यू

दैनिकी न्यूज

१२, कार्तिक २०८०
बारामा मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्यू
images

काठमाडौं । बारा जिल्लामा मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको मृत्यू भएको छ । हिजो बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको मृत्यू भएको हो ।

निजगढ नगरपालिका-८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारको मोटरसाइकल दुर्घटना भएको हो ।

टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा मृत्यू भएको हो ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - ०९:५३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology