वीरगञ्ज । चितवन जिल्लास्थित जलवीरे झरनाबाट पिकनिक मनाएर वीरगञ्ज तर्फ आइरहेको यात्रुवाहक बस बाराको सिमरामा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा भारत, मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई हाल जिल्ला पर्सा, विरगंज–७ बस्ने वर्ष २७ का मुकेश साह रहेका छन् ।
सिमरास्थित राष्ट्रिय वाणिज्य बैङ्कको भवन अगाडि अनियन्त्रित भएर ना ७ ख ४७४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बसमा सवार कूल ५१ जनामध्ये अधिकांश वीरगञ्जको गहवास्थित टाइगर युवा क्लबका सदस्यहरू हुन् । बडादसैँको अवसरमा गहवामाई मन्दिरमा लाग्ने मेला सकाएर उनीहरू पिकनिक गएको बुझिएको छ ।
घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । उनको स्थानीय अस्पतालमा उपचार चलिरहेको छ ।
घाईतेहरुको नामावली;-
१. जिल्ला बारा, कलैया उ.म.ना.पा. २० बस्ने अ.वर्ष ४५ को विर बहादुर महतोको टाउको र छातीमा चोट अवस्था गम्भिर
२. जिल्ला पर्सा विरगंज म.ना.पा.८ बस्ने अ.वर्ष ३० को सुरज साह कानुको टाउको र छातीमा चोट अवस्था गम्भिर
३. जिल्ला पर्सा, विरगंज म.ना.पा. ८ बस्ने वर्ष १८ की प्रीया गुप्ताको टाउको,खुट्टार शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम
४. ऐ.ऐ. बस्ने अ.वर्ष १६ की मनिषा साहको टाउको र अनुहारमा चोट अवस्था मध्यम
५. ऐ.ऐ.१२ बस्ने सुनिल कुमार गुरुङको छोरी अ.वर्ष २३ की सेजल गुरूङको छातिमा चोट अवस्था मध्यम
६. ऐ.ऐ.८ बस्ने अ.वर्ष ५२ को ललन चौरसियाको टाउको र अनुहारमा चोट अवस्था मध्यम
७. ऐ.ऐ.१२ बस्ने अ.वर्ष २७ को राजन कुमार गुप्ताको छाती र हातमा चोट अवस्था मध्यम
८. जिल्ला पर्सा विरगंज म.ना.पा.८ बस्ने अ. वर्ष २८ को मोहन साह कानुको टाउको र छातीमा चोट अवस्था मध्यम
९. जिल्ला बारा कलैया उ.म.ना.पा. ७ बस्ने अ.वर्ष १८ को प्रसाद गुप्ताको टाउको र अनुहारमा चोट अवस्था मध्यम
१०. ऐ.ऐ. ७ बस्ने अ.वर्ष ३५ को अविनाश गुप्ताको दुवै खुट्टा र छातीमा चोट अवस्था मध्यम
११. जिल्ला बारा, जितपुरसिमरा उ.म.ना.पा. वडा नं.२ बस्ने नविन राईको छोरा अ.वर्ष १९ को अनिष राईको ढाड र छातीमा चोट अवस्था मध्यम अवस्था मध्यम(बस सहचालक)