Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २६ जना पक्राउ

दैनिकी न्यूज

११, कार्तिक २०८०
जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २६ जना पक्राउ
images

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले २६ जना पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित चितवन भरतपुर महानगरपालिका-१० घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ४४ वर्षीय झविन्द्र सापकोटाको दृश्या होटलमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख १२ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ
गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित खाली टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल बडायक समेत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख १ हजार ३ सय ६५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-१० बिराटचोक बस्ने ३७ वर्षीय सुशिल कुमार काफ्लेको घरमा जुवातास खेलिरहेको अवस्थामा काफ्ले समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ५१ हजार २ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८० शनिवार - १८:४२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology