Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

दैनिकी न्यूज

९, कार्तिक २०८०
पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
images

काठमाडौं । हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - ०६:४३:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology