काठमाडौं । आज टिकाको तेस्रो दिन, आज पनि नेपालीहरूले मान्यजनबाट टिका, जमरा र प्रसाद आशिर्वादको रुपमा ग्रहण गरिरहेका छन्।
बडादसैँको मुख्यदिन र हिजो टिका, जमरा र प्रसाद ग्रहण गर्न नभ्याएकाहरूले आज टिका र आशिर्वाद ग्रहण गर्दैछन्।
विजयादशमीको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र हरियो पहेँलो जमरा ग्रहण गर्ने गरिन्छ । घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने परम्परा रहेको छ।