Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

मकवानपुरमा स्कुटर दुर्घटनाः एकको मृत्यु, एक घाइते

मकवानपुरमा स्कुटर दुर्घटनाः एकको मृत्यु, एक घाइते

दैनिकी न्यूज

९, कार्तिक २०८०
मकवानपुरमा स्कुटर दुर्घटनाः एकको मृत्यु, एक घाइते
images

हेटौडा । मकवानपुरको भिमफेदीमा बुधबार साँझ स्कुटर दुर्घटना एकजना महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिकको वडा नम्बर ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्धकी ६२ बर्षीय राज्य लक्ष्मी थापाको मृत्यु भएको हो ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार थापा र स्कुटर चालक ६५ बर्षीय शसिराज पाण्डे घाइते भएका थिए ।

थापाको उपचारको क्रममा हेटौँडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर सडकबाट झण्डै एकसय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका स्कुटर चालक पाण्डेको भने हेटौँडा अस्पतालमै उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - ०६:३४:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology