Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट आठ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट आठ जना पक्राउ

दैनिकी न्यूज

८, कार्तिक २०८०
जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट आठ जना पक्राउ
images

काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं. १० पुरानोगाउँ बस्ने बिनोद हुमागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय रामचन्द्र बिष्ट लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार ४ सय ७० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०८० बुधवार - २०:१३:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology