दोलखा । दोलखा जिल्लाको बिगु गाउँपालिका–२ ओराङमा सोमबार भएको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।
बा १४ च ८९३४ नम्बरको जिप दुर्घटनामा पर्दा बिगु–२ ओराङकी चिनीमाया तामाङ र बालमाया तामाङको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ६ जनाको स्थानीय सिँगटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घुम्ती काट्ने क्रममा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।