Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

टीकाको दिन काठमाडौं उपत्यकामा सशस्त्रको निःशुल्क बस सेवा

टीकाको दिन काठमाडौं उपत्यकामा सशस्त्रको निःशुल्क बस सेवा

दैनिकी न्यूज

६, कार्तिक २०८०
टीकाको दिन काठमाडौं उपत्यकामा सशस्त्रको निःशुल्क बस सेवा
images

काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिए भएको छ ।

दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ । दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन हुनेछन् ।

बा१ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्ण पाउरोटी, जय नेपाल हुदै पुन नक्शालसम्म निःशुल्क सेवा दिनेछ ।

अर्को बा१ग २६०८ नम्बरको बसले, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निःशुल्क सेवा सञ्चालन हुने सशस्त्रले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ६, २०८० सोमवार - ०९:३९:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology