Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

पछिल्लो २४ घण्टामा १ लाख जनाले छाडे काठमाडौँ उपत्यका

पछिल्लो २४ घण्टामा १ लाख जनाले छाडे काठमाडौँ उपत्यका

दैनिकी न्यूज

३, कार्तिक २०८०
पछिल्लो २४ घण्टामा १ लाख जनाले छाडे काठमाडौँ उपत्यका
images

काठमाडौँ । दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ। पछिल्लो २४ घण्टामा एक लाख जनाले उपत्यका छाडेका छन्।

आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

योसँगै घटस्थापनापछि आजसम्म कूल ४ लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएको उनले बताए।

घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिक रूपमा बढेको भट्टले जानकारी दिए।

उनका अनुसार घटस्थापनाका दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो।

असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन्।

आज बिहानसम्ममा एक लाखले उपत्यका छाडेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए।

निजी सवारीसाधनमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिकले उपत्यका छाडेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८० शुक्रवार - १४:२६:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology