Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ललितपुर र काठमाडौंबाट १५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुर र काठमाडौंबाट १५ जना पक्राउ

दैनिकी न्यूज

३, कार्तिक २०८०
जुवातास खेलिरहेको अवस्थामा ललितपुर र काठमाडौंबाट १५ जना पक्राउ
images

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ललितपुर र काठमाडौंबाट १५ जना पक्राउ परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ गजान्द टोलस्थित रेनुका राईको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका(१२ ठैव बस्ने ४५ वर्षीय सुब्बा तामाङ समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५० रुपैयाँसहित पक्राउ गरेको हो ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका–१४ नैकाप आर्केट कोलोनीस्थित निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका–२ घर भएका ४० वर्षीय मान बहादुर देउला समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ हजार ८ सय ३५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८० शुक्रवार - १४:२३:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology