Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैनः उपाध्यक्ष भुसाल

जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैनः उपाध्यक्ष भुसाल

दैनिकी न्यूज

१, कार्तिक २०८०
जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैनः उपाध्यक्ष भुसाल
images

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले जनताबाट अलग भएर रुपान्तरणका काम गर्न नसकिने बताएकी छिन् ।

सो पार्टीको ललितपुर महानगर कमिटीले विजया दशमी, नेपाल संवत्, शुभ दीपालवी तथा छठ पर्वका अवसरमा ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाइट पार्टी भेन्यूमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले समाज विकासको क्रमसँगै मानिसमा विकास भएको चेतनाका आधारमा विभिन्न सांस्कृतिक परम्परा सिर्जना भएको बताएकी हुन ।

उनले समाजको अगुवामा समयसापेक्षरुपमा जनताको चाहानाअनुसार नेतृत्व गर्ने चिन्तन, व्यवहार र रुपान्तरण आवश्यक रहेकामा जोड दिइन । “समाजलाई साथमा लिएर अगुवाइ गर्दै परिवर्तनको काम गर्नुपर्ने आवश्यकता छ, हामीले प्राप्त उपलब्धि, सामना गरेका चुनौतीहरुलाई आत्मसान गर्दै रुपान्तरणका लागि सुझाव ल्याउनुपर्ने छ, यसका लागि जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन, पार्टीको रुपान्तरणका लागि हामीले अभियानलाई परिमार्जन गरेर जानुपर्ने हुन्छ, हामी पहिला आफू रुपान्तरण हुने र अनि पार्टीलाई रुपान्तरण गर्ने यात्रामा लागेका छौँ”, उपाध्यक्ष भुसालले भनिन् ।

उनले नियमितरुपमा समितिका बैठक बसेर समस्याको पहिचान गर्दै इतिहासको विरासतलाई वर्तमानसँग जोडेर भविष्यको निर्माण गर्ने गरी नयाँ पार्टी निर्माण गर्न निरन्तरता र गुणात्मकता कायम गर्ने गरी रुपान्तरणको अभियानमा लाग्न आग्रह गरिन् ।

ram narayan bidari.jpg

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य रामनारायण विडारीले विजया दशमी, नेपाल संवत्, शुभ दीपालवी तथा छठ पर्व एउटा जात वा वर्ग विशेषको मात्रै चाड पर्व नभएको धारणा राखे ।

“यी पर्वहरू एउटा जात वा वर्ग विशेषको मात्रै चाड पर्व हैन, सबैको हो, तसर्थ यी पर्वहरुलाई किसान, श्रमिकको सम्मान गर्ने, कामको सम्मान गर्ने पर्वकारुपमा हामीले विकास गर्नुपर्छ, हिजो बेठीक भएका कुराहरुलाई भत्काउने, ठीक भएकालाई बनाउने काम यो चाडले दिनेछ”, उनले भने ।

Hari Dahal.jpg

माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहालले तीन महिने अभियानले पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले जनताले माग गरेको रुपान्तरणलाई सम्बोधन गर्न पार्टीलाई पनि रुपान्तरण गरेर जानु आवश्यक रहेको धारणा राखे । चाडपर्वले भेटघाटको वातावरण बनाउने हुँदा पार्टीको पुनः निर्माणका लागि पुराना व्यक्तिहरुलाई ऊर्जाशील बनाउन लाग्नुपर्ने र तत्कालीन जनमुक्ति सेनाका पूर्वलडाकुलाई पनि पार्टीमा क्रियाशील बनाइनुपर्नेमा उनको जोड थियो ।

raj kaji.jpg

saral.jpg

कार्यक्रममा केन्द्रीय सदस्य राजकाजी महर्जन, बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा पराजुली, ललितपुर जिल्ला संयोजक शिव कट्टेल, सचिव दिपक पुलामी, बागमती गाउँपालिकाका उपाध्यक्ष निशान मगर, वागमती प्रदेश सदस्य उर्मिला लामा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम ललितपुर महानगरपालिकाका अध्यक्ष रविन्द्र महर्जनको सभापतित्वमा भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १७:३५:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology