Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

घुस लिएको आरोपमा नापी कार्यालय झापाका कर्मचारीसहित दुई जना पक्राउ

घुस लिएको आरोपमा नापी कार्यालय झापाका कर्मचारीसहित दुई जना पक्राउ

दैनिकी न्यूज

३०, आश्विन २०८०
घुस लिएको आरोपमा नापी कार्यालय झापाका कर्मचारीसहित दुई जना पक्राउ
images

झापा । सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई एक लाख २५ हजार रुपैयाँ घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका– ७ मा रहेको बिचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार र ५५ हजार रुपैयाँको चेकसहित एक लाख २५ हजार रुपैयाँ घुस रकम लिइरहेका अवस्थामा उनीहरु पक्राउ परेका प्रवक्ता दाहालले बताए ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उनले जानकारी दिए । उनीहरुलाई आज नै आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा पठाइने उनको भनाइ छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - ०८:३५:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology